सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रले कारबाही गरेका स्थानीय तहका १४ जनप्रतिनिधिममध्ये दुई जनालाई कामकाज गर्न दिन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश डा. कुमार चुँडालको एकल इजलासले रौतहटको मौलापुर नगरपालिका प्रमुख रिनाकुमारी साह र कटहरिया नगरपालिका प्रमुख सियाराम प्रसाद कुशवाहालाई रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म कामकाज गर्न दिन अन्तरिम आदेश दिएको हो अन्तरिम आदेश दिएको हो ।
निवेदकहरुले राजिनामा नदिएको अर्को दलको सदस्यता नलिएको एवम् निज आफैँ वा निजसमेत संलग्न भई अर्को दल गठन गरेको यकिन अवस्था नदेखिएको अवस्थामा निवेदकहरुका प्रत्यक्ष जननिर्वाचित स्थानीय तहका कार्यपालिकाको प्रमुखहरु भएकाले निजहरुले सम्पादन गर्ने कानूनी कर्तव्य एवं अधिकारको रोहबाट हुन सक्ने अपूणीय क्षति तथा द्विविधाको सुविधा निवेदकले पाउने भन्दै रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म कामकाज गर्न दिन अन्तरिम आदेश दिएको हो ।








