पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ४५८ सहित देशभर थप २६३६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ६ लाख ७० हजार ८५७ जना पुगेको छ ।
७ हजार २५९ जनामा पीसीआर परीक्षण गर्दा १७२८ र ४४८९ एन्टिजेन परीक्षणमा ९०८ जना गरी २६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ३०२, ललितपुरका १०० र भक्तपुरका ५६ जना गरी ४५८ कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४३४८ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ५ लाख ९२ हजार ५३५ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९०७१ पुगेको छ ।








