काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ । यस विषयमा निर्णय गर्न आज उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ ।

कोरोनाको सङ्क्रमण केही कम भए पनि जोखिम उस्तै रहेकाले थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

उनले निषेधाज्ञा थप खुकुलो बनाउनेबारे पनि छलफल भइरहेको र यसबारे आजै निर्णय आउने जनाएका छन ।

श्रृंखलावद्ध रुपमा थपिएको निषेधाज्ञा गत हप्ताबाट खुकुलो पारिएको थियो । हाल प्रशासनले निजी सवारीसाधन र ट्याक्सीलाई जोर-विजोर प्रणालीमा चल्न दिइरहेको छ भने पसल तथा व्यवसाय बार अनुसार समय निर्धारण गरेर संचालन गर्न दिएको छ ।