पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा २४९ सहित देशभर थप २०१६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ६ लाख ६३ हजार ८५७ जना पुगेको छ ।
४ हजार ७०४ जनामा पीसीआर परीक्षण गर्दा ११७४ र ४८०६ एन्टिजेन परीक्षणमा ८४२ जना गरी २०१६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका १८१, ललितपुरका ४३ र भक्तपुरका २५ जना गरी २४९ कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४९१४ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ५ लाख ८१ हजार ३२७ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३० जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ८९७५ पुगेको छ ।








