पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ४२७ सहित देशभर थप २४७६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित कुल पोजेटिभ संख्या ६ लाख ३१ हजार १५२ जना पुगेको छ ।
९ हजार ५८६ जनामा पीसीआर परीक्षण गर्दा १७२१ र ४७६५ एन्टिजेन परीक्षणमा ७५५ जना गरी २४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ३०८, ललितपुरका ७६ र भक्तपुरका ४३ जना गरी ४२७ कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५४५५ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ५ लाख ७६ हजार ४१३ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ८९४५ पुगेको छ ।








