पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ५०८ सहित देशभर थप २७६८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित कुल पोजेटिभ संख्या ६ लाख ४२ हजार ८०८ जना पुगेको छ ।

७ हजार ५६९ जनामा पीसीआर परीक्षण गर्दा १९६३ र ५४६८ एन्टिजेन परीक्षणमा ८०५ जना गरी २७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ३९४, ललितपुरका ६० र भक्तपुरका ५४ जना गरी ५०८ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४०२० जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ५ लाख ४९ हजार ६८२ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४४ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ८६४१ पुगेको छ ।