गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संसदबाट विश्वासको मत प्राप्त गरेका छन ।
आज भएको विश्वासको मतको मतदानमा पोखरेलले ३१ मत प्राप्त गरेका हुन ।
५९ सांसद रहेका गण्डकी प्रदेशसभामा ५८ मत खसेकोमा ३१ सांसदले पोखरेलको पक्षमा र २७ जना सांसदले विपक्षमा मत जाहेर गरेका थिए ।
सत्ता साझेदार दल नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको ११, जनता समाजवादीको २ र जनमोर्चाको २ तथा स्वतन्त्र सांसदको १ मत पोखरेलले पाएका हुन भने नेकपा एमालेका २७ सांसदले विपक्षमा मत हालेका हुन ।
राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका सांसद कृष्ण थापालाई भने उनको दलले निष्कासन गरेका कारण पदमुक्त भएका छन् ।








