पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ५७० सहित देशभर थप २६०७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित कुल पोजेटिभ संख्या ६ लाख ४० हजार ४० जना पुगेको छ ।

७ हजार ७११ जनामा पीसीआर परीक्षण गर्दा १७६८ र ४७७३ एन्टिजेन परीक्षणमा ८३९ जना गरी २६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ४१३, ललितपुरका १२१ र भक्तपुरका ३६ जना गरी ५७० कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २१४१ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ५ लाख ४५ हजार ६६२ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३९ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ८५९७ पुगेको छ ।