पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ६५३ सहित देशभर थप २४०७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
७ हजार ५१७ जनामा पीसीआर परीक्षण गर्दा १६९४ र ४८८९ एन्टिजेन परीक्षणमा ७१३ जना गरी २४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ४८३, ललितपुरका ११२ र भक्तपुरका ५८ जना गरी ६५३ कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३९९४ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ५ लाख ३१ हजार १०५ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ८४१२ पुगेको छ ।








