पाँच पूर्वप्रधानमन्त्रीको अपिल– ‘वाह्य शक्तिको चलखेल हुन नपाओस्’

news-details

नेपालका पाँच पूर्वप्रधानमन्त्रीहरुले नेपालको आन्तरिक राजनीतिमा वाह्य शक्तिको चलखेल रोक्नुपर्नेमा जोड दिनुभएको छ ।

शनिबार साँझ संयुक्त बक्तव्य जारी गर्दै पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र डा बाबुराम भट्टराईले आन्तरिक समस्याहरु आपसी सहमतिमा हल गर्नुपर्ने बताउनुभएको हो ।

‘नेपालमा संवैधानिक व्यवस्था, कानूनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यहरुमाथि भइरहेको उपर्युक्त प्रकारको निरंकुश हमलाका विरुद्ध ऐक्यवद्धता जनाउन हामी नेपाल जनता, नागरिक समाज र सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुसँग समेत हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ, ‘नेपालको बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा वाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवम् चलखेल हुन नपाओस् भन्ने कुरामा सजगताका लागि सवैको ध्यान आकर्षित गर्न चाहन्छौं ।’

पूर्वप्रधानमन्त्रीहरुले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रभावकारी कदम चाल्न सरकारलाई सुझावसमेत दिनुभएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *