उपत्यकामा ५९८ सहित देशभर थपिए ३३८४ संक्रमित, एकैदिन ६२९५ निको हुदा ६१ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ५९८ सहित देशभर थप ३३८४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या पीसीआर विधिबाट ६ लाख ६ हजार ७७८ र एन्टिजेन परीक्षणबाट १९ हजार ७५७ गरी ६ लाख २६ हजार ५३५ जना पुगेको छ ।

८ हजार ५०६ जनामा पीसीआर परीक्षण गर्दा २३८२ र ५९८८ एन्टिजेन परीक्षणमा १००२ जना गरी ३३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ३९१, ललितपुरका १३० र भक्तपुरका ७७ जना गरी ५९८ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६२९५ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ५ लाख २७ हजार १११ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६१ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ८३६६ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *