गण्डकी प्रदेशको मुख्यमन्त्रीमा गुरुङको पनि दाबी

news-details

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गरेका छन ।

गुरुङले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थन पत्रसहित फेरि मुख्यमन्त्रीमा दावी गरेको मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले बताए ।

गुरुङले जनमोर्चा सांसद कृष्ण थापाको पत्र र जसपा प्रदेश कमिटीको पत्रसहित दावी गरेका हुन ।

यसअघि शुक्रबार विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले ३१ प्रदेशसभा सदस्यको उपस्थितिमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

दुई दिन अघि विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त भएका गुरुङले पुन : मुख्यमन्त्रीमा दाबी गरेका हुन । मुख्यमन्त्री पदको दाबीका लागि आज ३ बजेसम्मका लागि समय दिइएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *