गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैकल्पिक सरकार गठनका लागि आह्वान गर्नु भएको छ ।

हिजो संसदमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख पौडेलले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा ५ अनुसारको सरकार गठनका लागि २९ गते दिउसो ३ बजेका लागी समय दिएर आह्वान गर्नु भएको हो ।

प्रदेश सभामा हिजो मुख्यमन्त्रीले पेस गरेको विश्वासको प्रस्तावका पक्षमा २७ मत र विपक्षमा ३० मत परेको थियो ।

विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन्