सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा छलफल गर्न आज प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुलाई बोलाएका छन ।
सभामुख सापकोटाले पत्राचार नै गरेर विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेतालाई छलफलका लागि आमन्त्रण गरेका हुन ।
सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री र संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बैठकमा बोलाइएको छ ।
समसामयिक विषयमा छलफलका लागि उनीहरुलाई बोलाइएको बताइएको छ । बैठक अपराह्न संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आयोजना गरिएको छ ।
बैठकमा प्रधानमन्त्री ओली जाने नजाने भन्नेबारे भने टुङ्गो् लागेको छैन ।








