कर्णालीका चार एमाले सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश

news-details

सर्वोच्च अदालतले ‘फ्लोर क्रस’ गर्ने कर्णालीका चार एमाले सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ ।

न्यायायधीश प्रकाशमान सिंह राउतको एकल इजलासले बिहीबार माओवादी केन्द्रका उम्मेदवारलाई ह्वीपविपरीत मत दिएका सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको हो । एमालेले ह्वीप उल्लंघन गरेको भन्दै पदमुक्त गरेको थियो ।

सर्वोच्चले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकहरुलाई कर्णाली प्रदेश सभाको सदस्य तथा नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको सदस्य पदको हैसियतमा काम गर्न दिन आदेश दिएको हो ।

फ्लोर क्रस गर्नेमध्ये अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही प्रदेश सरकारको मन्त्री हुनुहुन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *