गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त

news-details

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि उनी पदमुक्त भएका छन । योसँगै अब गण्डकी प्रदेश सरकार ढलेको छ ।

आज प्रदेशसभामा मुख्यमन्त्री गुरूङले राखेको विश्वासको मतको प्रस्तावमा मतदान हुदा पक्षमा २७ र विपक्षमा ३० मत आएको हो ।

प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्मन्त्री नियुक्त भएका गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत मागेका थिए ।

कुल ६० सदस्यीय प्रदेशसभा सदस्यमध्ये मतदानमा ५८ जना प्रदेशसभा सदस्य उपस्थित रहेकोमा ५७ जनाले मतदान गरेका थिए ।

मतदानमा राष्ट्रिय जनमोर्चाका १ सदस्य कृष्ण थापा तटस्थ बसेका थिए भने खेलकूद मन्त्री रहेका राजिव गुरूङ उपस्थित भएनन् ।

संविधानको धारा १६८ (३) अनुसार नियुक्त मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै धारा १६८ (५) अनुसार गण्डकी प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *