पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ७६४ सहित देशभर थप ३७४९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
९ हजार ९०१ जनामा पीसीआर परीक्षण गर्दा २८७४ र ५३३७ एन्टिजेन परीक्षणमा ८७५ जना गरी ३७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ५४०, ललितपुरका १२५ र भक्तपुरका ९९ जना गरी ७६४ कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५२९३ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ५ लाख १५ हजार ५९१ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५९ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ८२३८ पुगेको छ ।








