नवनियुक्त ७ मन्त्री र १ राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

news-details

मन्त्रिपरिषदका नवनियुक्त सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन ।

विहीबार राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन भने एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन ।

आज मन्त्रीपरिषद विस्तार गर्दै प्रधानमन्त्री ओलीले सात मन्त्री र एक राज्यमन्त्री थप गरेका थिए । यसअघि प्रधानमन्त्री ओलीले जेठ २१ गते पनि मन्त्रिपरिषद विस्तार गरेका थिए । आजको मन्त्रीपरिषद विस्तारसँगै मन्त्रीपरिषद सदस्य संख्या २५ पुगेको छ ।

आज शपथ खाने मन्त्रीहरुमा खगराज अधिकारी गृह, राजकिशोर यादव उद्योग बाणिज्य तथा आपूर्ति, नैनकला थापा सञ्चार सूचना तथा प्रविधि, ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी विकास, नारदमुनी राना वन तथा वातावरण, गणेशकुमार पहाडी संघीय मामिला तथा सामान्य प्रशासन, मोहन बानियाँ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र आशाकुमारी विक राज्यमन्त्री वन तथा वातावरण रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *