दुई दिनमा १८ हजार बढीले लगाए काठमाडौं महानगरमा खोप

news-details

काठमाडौं महानगरभित्र दुई दिनमा १८ हजार १८ हजार १ सय १३ जनाले कोरोनाविरूद्ध खोप लगाएका छन्।

खोप अभियानको पहिलो दिन ८ हजार ७ सय ४७ सहभागी भएका थिए भने दोस्रो दिन ९ हजार ३ सय ६६ जना सहभागी भएको काठमाडौं महानगरपालिका शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरि कुँवरले जानकारी दिए ।

काठमाडौं महानगरभित्र ३२ ठाउँमा खोप केन्द्र छ। जेठ २५ देखि खोप लगाउन सुरू गरिएकोमा जेठ २९ गतेसम्म खोप कार्यक्रम चल्छ।

अहिले ६० देखि ६४ वर्ष उमेर समूहकालाई खोप लगाइएको छ। महानगरका मेयर विद्यासुन्दर शाक्यले एक लाख जनालाई खोप लगाइने बताएका थिए।

खोप लगाउनबाट उक्त उमेर समूहका कोही पनि नछुटुन भनेर टोलटोलमा गएर अभियान चलाइएको महानगरले जनाएको छ। अहिले कोरोनाविरूद्ध चिनियाँ खोप भेरोसेल लगाइएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *