गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चा पार्टीका प्रदेशसभा सांसद कृष्ण थापालाई सांसदको रूपमा काम गर्न दिने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध तीनवटा भ्याकेट निवेदन परेका छन् ।
राष्ट्रिय जनमोर्चा, प्रदेश सभामुख नेत्रनाथ अधिकारी र सचिवालयले सर्वोच्चको अन्तरिमक आदेशविरुद्ध भ्याकेट निवेदन दर्ता गरेका हुन् । उनीहरूको निवेदनको पेशी बिहीबारलाई तोकिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।
सर्वोच्चले आइतबार सांसद थापालाई पदमुक्त नगर्न अन्तरिम आदेश दिएको थियो । न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई पदमुक्त गर्ने निर्णयको कार्यान्वयन गर्न अन्तरिम आदेश जारी गरेको थियो । निवेदनमाथिको प्रारम्भिक सुनुवाइबाट ‘सुविधा र सन्तुलनमा क्षति पर्ने’ यो अन्तरिम आदेश जारी भएको थियो ।
स्मरण रहोस् गण्डकीमा बिहीबार नै मुख्यमन्त्रीले विश्वासको मत लिँदैछन् ।








