पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १२२६ सहित देशभर थप ५१५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या पीसीआर विधिबाट ५ लाख ९५ हजार ३६४ र एन्टिजेन परीक्षणबाट १५ हजार ९४४ गरी ६ लाख ११ हजार ३०८ जना पुगेको छ ।
१२ हजार ६५ जनामा पीसीआर परीक्षण गर्दा ३८७० र ५६११ एन्टिजेन परीक्षणमा १२८३ जना गरी ५१५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ८३६, ललितपुरका २६९ र भक्तपुरका १२१ जना गरी १२२६ कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६५७० जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ५ लाख ४ हजार ५३० जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १०८ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ८०९८ पुगेको छ ।








