नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले कोरोना कहरबाट नेपाली जनतालाई मुक्त गर्ने मुख्य प्राथमिकता रहेको बताएका छन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै उनले आफू नेपाली नागरिकको जीवन रक्षा गर्ने प्राथामिकता लिएर मन्त्रालय सम्हाल्न आइपुगेको बताएका छन् ।
यसका लागि खोप व्यवस्थापन र आवश्यक स्वास्थ्य सामग्री जुटाउन पहल गरिने उनको भनाई छ ।
त्यस्तै, उनले सातै प्रदेशमा बालबालिकाको उपचार गर्न छुट्टै स्थानमा अस्पताल र आईसीयू निर्माण गर्ने बताएका छन् । उनले भनेका छन्, ‘सबै प्रदेशमा अस्पताल स्थापना र आईसीयू व्यवस्थापन गर्न तयारी गरेका छौं ।’








