नवनियुक्त उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले नागरिकलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न सरकार केन्द्रित हुने बताउनुभएको छ ।

पद तथा गोपनीयताको शपथ लिएपछि शुक्रबार साँझ सिंहदबारस्थित अर्थ मन्त्रालयमा पदबहालीपछि अर्थमन्त्री पौडेलले कोभिड–१९ पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारका सबै सामथ्र्य लगाइने बताउनुभयो । उहाँले कोभिड–१९ ले सिर्जना गरेको प्रतिकूलता हटाउँदै आर्थिक पुनरुत्थान र पूर्वनिर्धारित समयमा निर्वाचन गराउन अभिभारा पूरा गरिने बताउनुभयो ।

पदबहालीका क्रममा अर्थमन्त्री पौडेलले सल्यान अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र एचडियु जडान तथा रोल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न सहमति दिनेसम्बन्धी फाइल स्वीकृत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रीपरिषद् हेरफेर र विस्तार गरेका थिए। सो क्रममा जनता समाजवादी पार्टी (महन्थ-राजेन्द्र समूह) का १० जनालाई मन्त्री बनाइएको छ।

साविक क्याबिनेटमा अर्थमन्त्री रहेका पौडेललाई ओलीले उपप्रधानमन्त्री बनाएका छन्‌।