नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
बैठक भोली विहिबार अपरान्ह ४ बजेका लागि सारिएको स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले जानकारी दिनुभयो ।
नेता माधवकुमार नेपाल पक्षका केही नेताहरुसँगको आन्तरिक परामर्श र छलफल जारी रहेको तथा बैठकको अन्य एजेण्डाबारेमा आन्तरिक गृहकार्य पूरा हुन नसकेपछि भोलीका लागि बैठक सारिएको नेता विश्वकर्माले जानकारी दिनुभयो ।








