काठमाडौ उपत्यकामा जारी निशेधाज्ञा जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय भएको छ ।

उपत्यकाका तिन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले उपत्यकामा जारी निषेधाज्ञाको अवधि जेठ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको काठमाडौका प्रमुख जिल्ला अधिकारी कालि प्रसाद पराजुलीले जानकारी दिएका छन ।

बैठकले निशेधाज्ञा केहि खुकुलो गर्दै किराना पसल, डिपार्टमेन्टल स्टोर र स्टेशनरी पसल बिहान ९ बजेसम्म खोल्न दिने तथा तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल पनि बिहान ९ सम्म मात्र खोल्न दिने निर्णय गरेको छ ।

यस्तै निजी तथा सार्वजनिक निर्माणको काम पनि सुचारु गर्न दिने तर यसरी काम गर्दा काम गर्ने मानिस कार्यस्थल भित्रै बस्नुपर्ने व्यवस्था गरिएको छ ।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही जेठ २० गते राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।

हेर्नुहोस के खोल्न पाइन्छ, के पाइदैन ?

उपत्यकामा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्ब्याइयो, के खोल्न पाइन्छ-के पाइदैन ? (सूचनासहित)