चीनले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोपमध्ये ८ लाख डोज आज मंगलबार काठमाडौं आइपुगेको छ ।

नेपाल वायुसेवा निगमको वाइडबडी बिमानले बेइजिङबाट उक्त परिमाणको खोप ल्याइपुर्‍याएको हो ।

चीन सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहपछि प्रदान गर्ने घोषणा गरेको १० लाख डोजमध्ये मंगलबार बेइजिङबाट ८ लाख डोज भ्याक्सिन ल्याएको हो ।

आजै, चीनको कुन्मिङबाट हिमालयन एयरलाइन्सको विमानले थप १ लाख डोज खोप काठमाडौं ल्याउँदैछ । बुधबार पनि कुन्मिङबाट हिमालयन एयरलाइन्सको जहाजले थप १ लाख डोज खोप ल्याउने तालिका छ ।