लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनमा मतदान सम्पन्न भएको छ।
उपनिर्वाचनमा कूल ३ सय मतदाता रहकोमा २ सय ९७ जनाले मतदान गरेका छन।
तीन जना मतदानमा अनुपस्थित भएका छन ।
उपनिर्वाचनको मतगणना साढे ३ बजेपछि सुरु हुने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
लुम्बिनीमा नेकपा एमालेको केपी शर्मा ओली समूह र विपक्षी दलहरुको गठबन्धनबाट गरी दुई जना उम्मेदवार प्रतिश्पर्धामा हुनुहुन्छ ।








