पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा २३२४ सहित देशभर थप ६९५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ जना पुगेको छ ।
१९ हजार ३१३ नमुनाको पीसीआर टेष्ट गर्दा ६८५५ र ७९७ एन्टिजेन टेष्ट गर्दा ९६ जना गरी ६९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका १७९६, ललितपुरका ३१५ र भक्तपुरका २१३ जना गरी २३२४ कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ९८४१ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ४ लाख २८ हजार ६७० जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९६ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ७०४७ पुगेको छ ।








