चीनले नेपाललाई तत्काल १० लाख डोज खोप नेपाललाई दिने घोषणा गरेको छ ।

चिनिया राष्ट्रपति सी जिनपिङले  नेपाललाई अनुदानमा १० लाख खोप दिने घोषणा गरेको नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले टविटरमार्फत जानकारी दिएकी हुन ।

यसअघि आजै राष्ट्रपति विद्यादेवी भण्डारी र चिनिया राष्ट्रपति सी जिनपिङबीच फोनवार्ता भएको थियो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले चिनिया समकक्षी सी जिनपिङसँग नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गरेकी थिइन ।

दुई राष्ट्रपतिबीचको टेलिफोन संवादपछि  राष्ट्रपति सी जिनपिङले नेपाललाई अनुदानमा १० लाख खोप दिने घोषणा गरेका हुन  ।

सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप चीनले उपलब्ध गराउने जनाएको छ । यसअघि उसले ८ लाख डोज खोप उपलब्ध गराइसकेको छ ।

https://twitter.com/PRCAmbNepal/status/1397520476625276928?s=20