काठमाडौं उपत्यकामा जारी निशेधाज्ञा १ साता थप गर्दै जेठ २० गतेसम्म लम्ब्याउने निर्णय भएको छ ।
उपत्यकाका ३ जिल्ला काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले निशेधाज्ञाा एक साता थप्दै जेठ २० सम्म जारी गर्ने गर्ने निर्णय गरेको भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईले बताए ।
भट्टराईका अनुसार थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइए पनि किराना पसल र डिपार्टमेन्टल स्टोर संचालनमा भने पूर्णतया रोक लगाइएको छ ।
सरकारले कोरोना भाइरस संक्रमण रोक्न वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो ।











