पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा २६१३ सहित देशभर थप ८६३६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ जना पुगेको छ ।

२२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८३८७ र ६३० एन्टिजेन टेष्ट गर्दा २४९ जना गरी ८६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका १८६३, ललितपुरका ४२७ र भक्तपुरका ३२३ जना गरी २६१३ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६४०४ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ४ लाख ४ हजार ८८७ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६९ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ६७०० पुगेको छ ।