सरकारले जारी गरेको निषेधाज्ञा पालना नगर्ने व्यक्तिलाई एक बर्षसम्म कैद र पाँचलाखसम्म जरिवाना अथावा दुवै सजाय हुन सक्ने भएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै सरकारले जारी गरेको कोभिड संकट व्यवस्थापन अध्यादेशको पालना नगरे यस्तो सजाय हुने सक्ने जनाएको हो ।

अध्यादेश बमोजिमको कुनै काम गर्न बाधा पुरयाए १ वर्षसम्म कैद वा ५ लाखसम्म जरिवाना वा दुवै सजाय, अध्यादेश बमोजिमको मापदण्ड पालना नगरे ६ महिनासम्म कैद वा ३ लाख रुपैयासम्म जरिवाना वा दुवै सजाय, अध्यादेश बमोजिम आदेश पालना नगरेमा व्यक्तिको हकमा १ लाखसम्म र संस्थाको हकमा ५ लाखसम्म प्रमुख जिल्ला अधिकारीबाट तत्काल जरिवाना हुनसक्ने समेत सूचनामा उल्लेछ ।

मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे सय रुपैयाँ, बिना काम बाहिर निस्किए पटकै पिच्छे २ सय रुपैयाँ, अत्यावश्यक बाहेकका सवारी साधन चलाएमा दुई पांग्रे सवारी साधन भए पटकैपिच्छे २ हजार रुपैयाँ, अन्य सवारी साधन भए पटकैपिच्छे ५ हजार रुपैयाँ जरिवाना गर्ने उल्लेख छ ।

निषेधाज्ञा पालना नगर्नेलाई एक बर्षसम्म कैद र पाँच लाखसम्म जरिवाना