नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् ।
संसद विघटन भएपछि प्रमूख प्रतिपक्षी दलका सभापति देउवाले शनिवार विहान साढे ९ बजे देउवा निवास बूढानीलकण्ठमा बैठक बस्नेगरी आकस्मिक बैठक डाकेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजे प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेपछि काँग्रेसको आकस्मिक बैठक बस्न लागेको हो ।
उक्त निर्णयको काँग्रेस नेताहरुले चर्को विरोध गरेका छन् ।








