पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका २६३५ सहित देशभर थप ८२०३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ जना पुगेको छ ।
२० हजार २८६ पीसीआर परीक्षणमा ८१३६ र ६९३ एन्टिजेन परीक्षणमा ६७ जना गरी ८२०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २०४९, ललितपुरका ३६५ र भक्तपुरका २२१ जना गरी २६३५ कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६८९१ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ३ लाख ५२ हजार ४१४ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९६ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ५४११ पुगेको छ ।








