पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका ३३४९ सहित देशभर थप ८५२० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ जना पुगेको छ ।
२० हजार ९४८ पीसीआर परीक्षण र ५३० एन्टिजेन परीक्षणमा ८५२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २४५८, ललितपुरका ५५६ र भक्तपुरका ३३५ जना गरी ३३४९ कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६ हजार १३५ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ३ लाख २७ हजार ६५३ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २०३ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ४६६९ पुगेको छ ।








