पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका ३५६२ सहित देशभर थप ८९६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ४ लाख ३१ हजार १९१ जना पुगेको छ ।
१९ हजार ४७४ पीसीआर परीक्षण र ७७१ एन्टिजेन परीक्षणमा ८९६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २७३३, ललितपुरका ४८१ र भक्तपुरका ३४८ जना गरी ३५६२ कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५०५५ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ३ लाख २१ हजार ५१८ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २१४ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ४४६६ पुगेको छ ।








