प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ ।

बुढानिकलकण्ठस्थित व्यवसायी क्याप्टेन रामेश्वर थापाको निवासमा ओली र नेपालबीच भेटवार्ता सुरु भएको जनाइएको छ । बिहीबार बिहान अध्यक्ष ओलीले नेपाललाई फोन गरेर भेटका लागि प्रस्ताव गरेका थिए ।

स्थायी कमिटी बैठकबाट नेपालसहित चार नेताको कारबाही फुकुवा भएलगत्तै दुई शीर्ष नेताबीच भेट भएको हो ।

अध्यक्ष ओली र नेपालबीच गत वैशाख ८ र ९ गते पनि मेरियट होटलमा भेट भएको थियो ।