राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न आह्वान गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(२) अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा वढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई बैशाख ३० गते साँझ ९ बजेभित्र प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेकी हुन ।
सो कुरा राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।









