पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका ४१९८ सहित देशभर थप ८८५० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ३ लाख ९४ हजार ६६७ जना पुगेको छ ।

१८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ६०० एन्टिजेन परीक्षणमा ७३ जना गरी ८८५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ३१६१, ललितपुरका ५०४ र भक्तपुरका ५३३ जना गरी ४१९८ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४०२२ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ३ लाख २ हजार ७८७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५२ जनाको मृत्यु भएको र विभिन्न समयमा थप २६ जनाको मृत्यु पुष्टिको अद्यावधिकसँगै ८८ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ३७२० पुगेको छ ।