छैटौं राष्ट्रिय पत्रकारिता दिवस: वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा

news-details

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बरिष्ठ पत्रकार सम्मान २०७६/२०७७ बाट ४ जना र राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६/२०७७बाट १२ जना गरी १६ जना पत्रकारलाई पुरस्कृत गरेको छ। छैटौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा मन्त्रालयमा आयोजित कार्यक्रममा पुरस्कारको घोषणा गरिएको हो ।

छैटौं राष्ट्रिय पत्रकारिता दिवस २०७८को अवसरमा मन्त्रालयले वरिष्ठ पत्रकार सम्मान २०७७ बाट वर्गीय सुकदेव नेपाल काठमाडौं र हर्ष सुब्बा सुनसरीलाई सम्मान गरेको छ । त्यसैगरी वरिष्ठ पत्रकार सम्मान २०७६ बाट रघु मैनाली काठमाडौं र शार्दुल भट्टराई काठमाडौंलाई सम्मानित गरेको छ। पुरस्कारको राशी जनही २ लाख रुपैयाँ रहेको छ। त्यसैगरी मन्त्रालयले राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ बाट ६ जनालाई सम्मानित गरेको छ। पुरस्कृत हुनेहरुमा क्रमश दिलिप थापामगर, दिपेन न्यौपाने, दुर्गाप्रसाद शर्मा, शुरोजंग पाण्डे, नितु पण्डित र पुनम पौडेललाई पुरस्कृत गरेको छ।

त्यसैगरी राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६बाट इन्द्रमान बुढा, मात्रिका पौडेल संगीता खड्का शेषराज दाहाल हेमन्त बहादुर विक र शीतल साह गरी ६ जना पुरस्कृत हुनु भएको छ। राष्ट्रिय पत्रकारिता पुरस्कारको राशी जनही १ लाख रहेको छ । छैटौं राष्ट्रिय पत्रकारिता दिवस एवं पुरस्कार घोषणा कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समाजमा सकारात्मक सन्देष प्रवाह गर्ने समाचार सामग्री उत्पादन तथा प्रसारण गरी आत्मविश्वास जगाउन आमसञ्चार माध्यमहरुलाई आग्रह गर्नु भयो ।

सञ्चार तथा सूचना प्रविधमन्त्रालयका सचिव हरिप्रसाद बस्यालले महामारीको समयमा आमसञ्चार माध्यमलाई सकारात्मक र ऊर्जाशील समाचार प्रकाशन एवं प्रसारण गर्न आग्रह गर्नुभयो।

सरकारले प्रेसपास नवीकरणको लागि सूचना विभाग जानु पर्ने बाध्यताको अन्त्य गर्दै अनलाइन नवीकरण गर्ने व्यवस्था गरेको पनि कार्यक्रममा जानकारी दिइयो। पुरस्कृत पत्रकारहरुलाई अनुकूल समयमा राष्ट्रपतिबाट पुरस्कार दिइने सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *