काठमाडौं उपत्यकामा ४१०६ सहित देशभर एकैदिन थपिए ९१९६ कोरोना संक्रमित, ५० जनाको मृत्यु पुष्टि

news-details

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका ४१०६२ सहित देशभर थप ९१९६ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ जना पुगेको छ ।

१९ हजार ९८७ जनाको पीसीआर परीक्षणमा ९०२३ र ४९५ एन्टिजेन परीक्षणमा १७३ जना गरी ९१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ३०८९, ललितपुरका ६४३ र भक्तपुरका ३७४ जना गरी ४१०६ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २९०९ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने दुई लाख ९५ हजार ३९५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५० जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ३५७९ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *