अख्तियारका पूर्वप्रमुख दिप बस्नेतलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

news-details

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएकापूर्व सचिव एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दिप बस्नेतलाई पाँच लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

शुक्रबार बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले पाँच लाख धरौटी लिएर छाड्न आदेश दिएको हो ।

तत्कालीन भौतिक पूर्वाधार सचिव भएका बेला ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वसचिव एवं अख्तियारका पूर्वप्रमुख आयुक्त बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

विशेष अदालतले बस्न्यातलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिए पछि उनी कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहदै आएका छन ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *