निषेधाज्ञामा उपत्यकाबाहिर जाने यात्रु ठग्ने विरुद्ध ट्राफिक प्रहरीको एक्शन, थप ३ जना पक्राउ

news-details

निषेधाज्ञामा उपत्यकाबाहिर जाने यात्रुसँग बढी भाडा लिई ठगी गरेको आरोपमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले थप तीन जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।

पछिल्लो पटक यसरी ठगि गरिरहेको अवस्थामा कोटेश्वरबाट धनुषा मिथिलाका ४३ वर्षीय कृष्ण देवकोटा, झापा गौरदहका ४२ वर्षीय खड्गबहादुर भण्डारी र गौशालाबाट दोलखाको सिंगटी घर भई भक्तपुर बस्ने ३४ वर्षीय राम सुरेललाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिएका छन् ।

उनीहरुले उपत्यकामा जारी भएको निषेधाज्ञाको समयमा बैदेशिक रोजगारबाट आई घर फर्किने र अत्याबश्यक परि उपत्यका बाहिर झापा, मोरङ जाने यात्रुहरुसँग जनही ३ हजार रुपैयाँदेखि ४ हजार ५०० रुपैयाँसम्म भाडा लिएको सुचना पाएपछि महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले पक्राउ गरेको एसएसपी भट्टराईले जानकारी दिए ।

यसरी महामारीका बेला सार्वजनिक सवारी सञ्चालनमा पूर्ण रोक लगाएको भए पनि विभिन्न समस्यामा परेका र विदेशबाट आएकाहरुलाई लग्ने बहानामा बढी भाडा लिई ठगी गर्ने ६ जनालाई यसअघि नै पक्राउ गरी आवश्यक कारबाहीका लागी हिजो प्रहरी प्रभाग गोंगबु र कलंकीमा बुझाएको समेत महाशाखाले जनाएको छ ।

बढी भाडा लिएमा वा सार्बजनिक यातायात सम्बन्धी कुनै गुनासो भएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्नसमेत महाशाखाले अनुरोध गरेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *