नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिनबाट रोक्ने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवा निवासमा मंगलबार बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र अन्य दलहरुसँग छलफल गरेर विश्वासको मत लिनबाट रोक्ने निर्णय गरेको एक केन्द्रिय सदस्यले जानकारी दिएका छन ।
प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभा बैठक बोलाएपछि कांग्रेसले आज पदाधिकारी बैठक बोलाएर उक्त निर्णय गरेको हो ।








