पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८९३ सहित देशभर थप ७६६० जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ३ लाख ५१ हजार पाँच जना पुगेको छ ।

१६ हजार १३१ पीसीआर परीक्षणमा ७ हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा गरी ७६६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

जसमध्ये उपत्यकाको काठमाडौँका २७७९, ललितपुरका ५१३ र भक्तपुरका ६०१ जनामा जना गरी ३८९३ कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १७७५ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने दुई लाख ८७ हजार ७९० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ३४१७ पुगेको छ ।