कोरोना संक्रमण तिब्र गतिमा फैलन थालेपछि सरकारले आज मध्यरातबाट सम्पूर्ण आन्तरिक उडान र बिहीबार मध्यरातबाट भारतमा साताका २ उडानबाहेकका सम्पूर्ण अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ ।
आइतबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख २० गते राती १२:०० बजेदेखि आन्तरिक उडान र वैशाख २२ गते राती १२:०० बजेबाट भारतमा साताको २ उडानबाहेकका सम्पूर्ण अन्तराष्ट्रिय उडानमा बैशाख मसान्तसम्म रोक लगाउने निर्णय गरेको हो । भारत र नेपालबीच एयर बबल स्किम अनुसारको दुईतर्फी उडान भने साताको २ पटक कायम राखिएको हो ।
यस्तै यस अवधिमा नेपाल भित्रिएका यात्रुहरु १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने निर्णय अनुसार बसे नबसेको कडारुपमा अनुगमन गर्ने र नबसेको पाइएमा कडा कारवाही गर्ने पनि मन्त्रीपरिषद बैठकले निर्णय गरेको छ । अत्यावश्यक अवस्थामा भने अनुमति लिएर चार्टर्ड उडान गर्न सकिने छ ।








