प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत लिने जानकारी गराएको स्रोतले बताएको छ ।

पछिल्लो समय नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने र नेपाली कांग्रेसलगायत दलहरूले अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेको बेला प्रधानमन्त्री ओलीले विश्वासको मत लिने गृहकार्य गरेका हुन् ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार वैशाख २७ गते विश्वासको मत लिने प्रधानमन्त्री ओलीको तयारी छ ।