गण्डकी प्रदेशको युवा तथा खेलकूद मन्त्रीमा नियुक्त भएका दीपक मनाङे ९राजिव गुरूङ० ले पद तथा गोपनियताको सपथ लिएका छन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज उनलाई मन्त्रीमा नियुक्त गरेसँगै प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराएका हुन् ।
मनाङबाट निर्वाचित सांसद मनाङ्गे स्वतन्त्र सांसद हुन् ।
सामाजिक विकास मन्त्रालय फुटाएर मुख्यमन्त्री गुरूङले मनाङेलाई मन्त्री बनाएका हुन् । मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव आएका बेला मन्त्रिपरिषद विस्तार गरिएको हो ।
युवा तथा खेलकुद मन्त्रालय थपिएसँगै गण्डकी प्रदेशमा मन्त्रीको ८ पुगेको छ। यसअघि मुख्यमन्त्रीसहित गण्डकीमा सात सदस्यीय मन्त्रिपरिषद थियो ।








