पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९१२ सहित देशभर थप ३५५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ३ लाख ३ हजार ७६५ जना पुगेको छ ।
१२ हजार ४०० पीसीआर परीक्षणमा ३४४२ र ८९३ एन्टिजेन परीक्षणमा ११४ जना गरी ३५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
जसमध्ये उपत्यकाको काठमाडौँमा १५६७ जना, भक्तपुरमा १२२ जना र ललितपुरमा २२३ जना कोरोना संक्रमित भेटिएका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३७८ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने दुई लाख ७७ हजार ९५१ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको र थप ५ जनाको मृत्यु पुष्टिसहित १२ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ३१७६ पुगेको छ ।








