पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४९८ सहित देशभर थप ३१२२ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ३ लाख २०९ जना पुगेको छ ।

९२९२ पीसीआर परीक्षणमा ३०३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

जसमध्ये उपत्यकाको काठमाडौँमा ११३२ जना, भक्तपुरमा ९६ जना र ललितपुरमा २७० जना कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४५० जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने दुई लाख ७७ हजार ५७३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ३१६४ पुगेको छ ।